Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधान सेनापति पुगे शितल निवास,सरकार गठनको तयारी बारे बैठक बस्दै

प्रधान सेनापति पुगे शितल निवास,सरकार गठनको तयारी बारे बैठक बस्दै

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय पुगेका छन । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र सुशीला कार्कीसहितको बैठक अबको केही समयमै बस्न लागेको छ ।सरकार गठनको छलफल सदैँ आएपछि आम नेपालीहरु त्रसितमा रहेका छन ।

४  दिनदेखि देश नेतृत्व बिहिन बन्दा पनि अझै टुंगो लाग्न सकेको छैन । जेन जीको आन्दोलनले सरकार ढालेपछि देश नै नेतृत्व विहिन बन्न्न पुगेको हो ।  जेन जीहरुले जसरी भएपनि संसद विघटन गर्नुपर्ने बताइरहँदा नयाँ सरकार प्रमुख बनाउन हम्मेहम्मे परेको छ ।  

ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो । केहीँ दिन यता सेना प्रमुख,राष्ट्रपति र संविधानविद निरन्तर छलफलमा रहेपनि निकास निस्कन सकेको छैन ।