काठमाडौँ । राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा यति बेला सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । अहिले नयाँ सरकार गठनको प्रयास भई रहदाँ सुरक्षा सर्तकता बढाईएको हो । सुरक्षा व्यवस्थाको नेतृत्व गरेको सेनाले निकै कडाइ गरेको हो । शुक्रबार बिहान ११ बजेदेखि निषेधाज्ञा लागू भए सँगै सो क्षेत्र भएर आवतजावतमा निकै कडाइ गरिएको हो।
नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेका छन् ।आजै प्रधानमन्त्री नियुक्तिको तयारी गरिएको छ । । ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि त्यसको कानूनी विकल्प खोज्ने प्रयास पनि भई रहेको छ राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठकले सबै कुरा तय गर्ने बताईएको छ ।
स्रोतका अनुसार अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुट्न सकेको छैन । यद्यपी पुर्व प्रधानन्यायधिस शुसिला कार्कीलाई प्रधानमन्त्री बनाउन जेनजीहरु प्नि सहमत देखीका छन् । केहि जेनजी उनलाई प्रधानमन्त्री नमान्ने पक्षमा छन् । तर, देशलाई निकास दिनका लागी भए पनि शुशीलालाई प्रधानमन्त्री बनाउने तयारी भएको हो । अर्को सरकार नबने सम्म यो अन्तरिम सरकारले काम गर्ने छ ।