Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईँले गरे सेनालाई देश हातमा लिन आग्रह,सेना प्रमुखले नै जंगी अड्डा बोलाएको खुलासा

दुर्गा प्रसाईँले गरे सेनालाई देश हातमा लिन आग्रह,सेना प्रमुखले नै जंगी अड्डा बोलाएको खुलासा

काठमाडौँ । दुर्गा प्रसाईँले राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने बताएका छन । उनले यही संविधान जिवित राखेर जेनजी आन्दोलनको औचित्य नरहने प्रसाईंले दावी गरेका छन् । संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको र नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएको प्रसाईंले बताएका छन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,जेन जीको बलिदानलाई धोका दिन पाइँदैन।संविधान यही? संसद यही? राष्ट्रपति यही? व्यवस्था यही?यदि सबै यही हो भने आन्दोलन किन गरियो?ति कलिला बच्चाको हत्या किन भयो?५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो?जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने?हिजो पनि पश्चिमहरुको डिजायनमा नयाँ संविधान घोषणा भयो —हिन्दु राष्ट्र गयो, मुलुक धर्मनिरपेक्ष बनाइयो, र सबैले मिलेर राज्य लुटे।श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह र नेपाली सेनाले यो देशलाई एकीकरण गरेका हुन्। त्यसैले आज फेरि देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको छ।

राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ। नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ, हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ। समय छ — सबैले अहिले नै सोच्नुपर्छ। संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता दिएका छैनन्, नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएका छन्। भन्दै लेखेका छन ।