Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शीतल निवासमा छलफल: सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठनको सहमति

शीतल निवासमा छलफल: सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठनको सहमति

 

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बिहीबार सम्पन्न महत्त्वपूर्ण बैठकले नेपालको अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति जुटाएको छ।

शक्तिशाली जेन–जी समूहले यसअघि नै कार्कीको नाम सिफारिस गरेको पृष्ठभूमिमा भएको छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, कानुनविद् ओमप्रकाश अर्याल, स्वयं सुशीला कार्की लगायतका विशिष्ट व्यक्तिहरू सहभागी थिए।

छलफलमा संसद् विघटनको विषयमा मतभेद देखा परे पनि संविधानअनुसारको प्रावधानअनुरूप आगामी कार्यदिशाबारे गम्भीर बहस भएको स्रोतले जनाएको छ। 

राजनीतिक अन्योल बीच कार्कीको नाममा सहमति जुट्नु नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेत मानिएको छ।