काठमाडौँ । काठमाडौँमा सुरक्षा थ्रेट बढेपछि बाहिरी जिल्लाबाट समेत सेना मगाइएको छ । आज मात्रै छिमेकी जिल्ला काभ्रेपलाञ्चोक बाट थप सेनाहरु काठमाडौँ ल्याइएको हो ।
जेन जीहरुको आन्दोलन पछिपनि निकास निस्कन नसक्दा काठमाडौँमा सेना बढाइएको छ । आज मात्रैकाभ्रेपलाञ्चोक पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं ल्याइएको खुलेको हो । पाँचखालमा रहेको वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं आएका हुन ।
जेन जीहरुको आन्दोलन पछि काठमाडौमा सुरक्षा बढाइएको छ । काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो । अहिले पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ ।