Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सेनाले राष्ट्रपतिको राजीनामा मागेको खुलासा,राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न माग

सेनाले राष्ट्रपतिको राजीनामा मागेको खुलासा,राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न माग

काठमाडौँ । बरिष्ठ पत्रकार किशोर नेपालले सेनाले राष्ट्रपतिको राजीनामा मागेको कुरा खुलासा गरेपछि अहिले राष्ट्रपतिको खोजी भैइरहेको छ । पत्रकार नेपालले सामाजिक संजाल एक्समा मार्फत यस्तो खुलासा गरेपछि हाम्रो राष्ट्रपति खै भन्दै खोजी भैरहेको हो ।  

बुधबार बैठकमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रपतिसँग ‘राजीनामा दिन’ आग्रह गरेको उनले दाबी गरेका छन् । उनका अनुसार सिग्देलले राष्ट्रपति पौडेललाई राजीनामा दिन आग्रहमात्रै नगरेर बाँकी सेनाले सम्हाल्ने अभिव्यक्ति दिएका थिए ।

आग्रहपछि राष्ट्रपति पौडेलले सेनापतिलाई आफ्नो हत्या गर्न भनेको समेत नेपालको दाबी छ । उनले लेखेका छन, ‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भदौ २४ गते भएको सुरक्षा प्रमुखको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग ‘राजीनामा दिने’ आग्रह गर्दै भने छन, ‘बाँकी हामी सम्हाल्छौँ,’ पत्रकार नेपालले लेखका छन्, ‘राष्ट्रपतिको जवाफ थियो ः म राजीनामा दिन्न। बरू, तपाईंहरू मलाइ मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाई दिनुहोस्। त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस्।’ पत्रकार नेपालले यस्तो खुलासा गरेपछि राजनीति र सञ्जाल नै तरंगित बन्न्न पुगेको छ ।

kishor1.jpg
undefined