काठमाडौँ । सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने षडयन्त्र भैरहेको वृहत नागरिक आन्दोलनले दाबी गरेको छ । वृहत नागरिक आन्दोलनले एक विज्ञप्ती जारी गदैँ यस्तो दाबी गरेको हो । बृहत नागरिक आन्दोलनले संङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने सबै भन्दा बलियो किल्ला २०७२ सालको संविधान भएकाले यसका जगमा जेनजी आन्दोलनको सफलताको बाटो पहिल्याउनु आवश्यक रहेको भन्दै अपिल समेत गरेको छ ।
बृहत् आन्दोलनले काठमाडौं महानगरका मेयर बालेन शाहलाई पनि यदी संविधान भन्दा बाहिर भइरहेका क्रियाकलापमा सहकार्य गरिरहेको भए आफ्नो कित्ता स्पष्ट पार्न भनेका छन् । विज्ञप्तीमा भनिएको छ,‘अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका सहिदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ,’ बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनले भनेको छ ।