Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभरका कारागारहरूबाट १३ हजारभन्दा बढी कैदीबन्दी फरार

देशभरका कारागारहरूबाट १३ हजारभन्दा बढी कैदीबन्दी फरार

काठमाडौं,देशभरका विभिन्न कारागार तथा हिरासतहरूबाट अहिलेसम्म १३ हजार ५७२ जना कैदीबन्दी फरार भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार फरार हुनेको संख्या यति ठूलो हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन । 

प्रहरीका अनुसार, फरार हुनेहरूमा थुनुवा र दोषी ठहर भएका कैदी दुबै समावेश छन्। हिरासतमा राखिएका ५६० जना थुनुवा पनि फरार भएका छन्। यी सबै फरारहरू विभिन्न मुद्दामा अनुसन्धानका क्रममा हिरासतमा रहेका बेला वा सजाय भोग्दाबेलामा कारागारबाट भागेका हुन्।

प्रहरीले फरार कैदी र थुनुवाहरूको खोजी कार्य जारी राखेको जनाएको छ। यस क्रममा विभिन्न प्रविधिको प्रयोग गरी उनीहरूको पहिचान र पक्राउका लागि अभियान सञ्चालन भइरहेको छ।