काठमाडौँ । सुन्धारा कारागार बाट टोप बहादुर रायमाझी सहितका कैदीबन्दी भागेका छन । सुन्धारास्थित रहेको केन्द्रीय कारागारबाटै कम्तीमा पनि ३३ सय कैदीबन्दी भागेको बताइएको छ । भद्र बन्दीगृहमै रहेका टोपबहादुर रायमाझी पनि भागेको खबर बाहिर आएको हो ।
उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । रायमाझीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि भागेका छन्। त्यस्तै भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको पनि बताइएको छ ।