काठमाडौँ । सर्वोच्च अदालतका ६० हजार फाइल जलेर नष्ट भएको खुलेको छ । प्रर्दशनकारीहरुको आन्दोलन उग्र बनेपछि भौतिक संरचनाहरुमा ठुलो क्षति हुन पुगेको हो । सर्वोच्च अदालत अझै जलिरहदाँ यसमा भएका निकै महत्वपुर्ण फाइलहरु जलेर ध्वस्त भएका हुन ।
काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए । अदालतमा लागेको आगो बुधबार बिहानसम्म निभ्न सकेको छैन ।यतिबेला देश शोकमग्न भएको छ,भने सर्वोच्च अदालतमा कर्मचारीहरू शोकमग्न भएर वरिपरि उभिरहेका छन । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले ६० हजार वटा मुद्दाका फाइल जलेर नष्ट भएको जानकारी दिएका छन ।