Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

काठमाडौँ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । चोक र गल्लीमा निस्किएका नागरिकलाई सेनाले घरमै बस्न आग्रह गर्दै फर्काइरहेको छ । अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको सेनाले जानकारी दिएको छ ।

यतिबेला  काठमाण्डौ उपत्यकाका विभिन्न सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । जेनजी आन्दोलनका क्रममा जनधन तथा भौतिक संरचनामा भएको क्षतिसँगै गएराति १० बजेदेखि सेनालगायतका सुरक्षा निकाय परिचालन भएका छन् ।