Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राष्ट्रपति पौडेलद्वारा स्वीकृत

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राष्ट्रपति पौडेलद्वारा स्वीकृत

 

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीको राजीनामा स्वीकृत गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिँदै प्रधानमन्त्रीको राजीनामा राष्ट्रपति पौडेलले औपचारिक रूपमा स्वीकृत गरेको पुष्टि गरेका हुन्।

प्रधानमन्त्री ओलीले आजै पदबाट राजीनामा दिएका हुन्। पछिल्लो समय जेन्जीको आन्दोलन चर्किंदै गएको र सरकारमाथि चौतर्फी दबाब बढेको पृष्ठभूमिमा उनले पद त्याग गरेका हुन्।

यसअघि सत्तारूढ दलभित्रै असन्तुष्टि बढ्दो क्रममा थियो भने विपक्षी दलहरू पनि ओली नेतृत्वको सरकारको विरोधमा उत्रिएको देखिन्थ्यो। जेन्जी आन्दोलनले व्यापक जनसमर्थन पाउँदै गएपछि प्रधानमन्त्री ओलीमाथि राजीनामाको दबाब चुलिएको थियो।