काठमाडौँ । भैँसेपाटीमा सरकारका मन्त्री निकाल्न तीन ओटा हेलिकप्टर पुगेका छन । ललितपुरको भैँसेपाटीमा रहेको मन्त्रीहरुको निवासमा अहिले नेपाली सेनाका हेलिकोप्टर पुगेको खबर प्राप्त भएको छ ।
भैँसेपाटीको मन्त्री आवास क्षेत्रमा तीनवटा हेलिकप्टर उडेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । जेन जी को आन्दोलन उग्र बनेपछि मन्त्री र प्रधानमन्त्रीको निवास टार्गेटमा परेका छन ।
जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका हुन ।