काठमाडौँ । सरकारका सञ्चारमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङको घरमा प्रर्दशनकारीले आगजनी गरेका छन । गुरुङका ललितपुरको सुनाकोठीस्थित रहेको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले आगो लगाइरहेको छ । आगो नियन्त्रणको प्रयास भइरहेको बताइएको छ ।
यता ‘प्रचण्ड’ निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै केही प्रदर्शनकारी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासतर्फ अघि बढेका छन् । उनीहरुलाई प्रहरीले कृष्णपाटी चोकमा रोकेको छ ।