Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बिहानै बाट नयाँ बानेश्वरमा युवाहरू भेला हुन थाले,विद्यार्थी मार्न पाइँदैन नारा लगाउँदै

बिहानै बाट नयाँ बानेश्वरमा युवाहरू भेला हुन थाले,विद्यार्थी मार्न पाइँदैन नारा लगाउँदै

काठमाडौं, नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरू बिहानैदेखि भेला हुन थालेका छन्। सोमबार जेनजीले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि देशभर आक्रोश फैलिएको छ। त्यसको प्रतिक्रियास्वरूप युवाहरू मंगलबार पनि प्रदर्शनको तयारीमा छन्।

युवाहरूको बढ्दो सहभागिता र आन्दोलनको सम्भावित तीव्रतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले संयुक्त रूपमा मंगलबार बिहान देखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन्। 

यता, जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक, शान्तिपूर्ण र निरन्तर रहने स्पष्ट पारेको छ। उनीहरूले मुलुकमा बढ्दो दमन र भ्रष्टाचारविरुद्धको यो अभियान जनआन्दोलनको रूप लिन सक्ने चेतावनी पनि दिएका छन्।

स्थिति तनावपूर्ण बन्दै गएको छ भने सर्वसाधारणमा त्रास र अन्योलको वातावरण छाएको देखिन्छ। सुरक्षा निकायहरू नयाँ बानेश्वरलगायत संवेदनशील क्षेत्रहरूमा बाक्लो रूपमा तैनाथ छन्।