Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरीले अस्पताल भित्रै छिरेरे घाइते प्रर्दशकारी कुट्न थालेपछि...

प्रहरीले अस्पताल भित्रै छिरेरे घाइते प्रर्दशकारी कुट्न थालेपछि...

 

काठमाडौं,निजामती कर्मचारी अस्पतालमा उपचाररत घाइतेहरूमाथि प्रहरीको हस्तक्षेप बढेपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ। प्रदर्शनकारी र मृतकका आफन्तहरूले अस्पतालभित्रै प्रहरी प्रवेश गरेर कुटपिट गर्न थालेको गुनासो गरेका छन्।

स्रोतहरूका अनुसार, मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा हाल एक सयभन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ। मृतक र घाइतेका आफन्तहरू अस्पतालमा भेला भइरहेका बेला प्रहरीले बल प्रयोग गर्दै अस्पतालभित्रै पसेर लाठीचार्ज गरेको बताइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी भए पनि अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुरक्षा बलद्वारा गरिएको बल प्रयोगको चर्को आलोचना हुन थालेको छ।