Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनलाई नेतृत्व लिन दबाब,‘डियर बालेन, टेक लिड नाउ अर नेभर !’ भन्दै सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड

बालेनलाई नेतृत्व लिन दबाब,‘डियर बालेन, टेक लिड नाउ अर नेभर !’ भन्दै सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड

काठमाडौं।जेनजी पुस्ताको आन्दोलनका क्रममा देखिएको ठूलो मानवीय क्षतिपछि सामाजिक सञ्जालमा मेयर बालेन शाहलाई सम्बोधन गर्दै नयाँ ट्रेन्ड शुरु भएको छ।

डियर बालेन, टेक लिड नाउ अर नेभर !’ अर्थात् "प्रिय बालेन, अहिले नै नेतृत्व लिनुहोस्, नत्र कहिल्यै अवसर नपाउनुहोला" भन्ने सन्देशसहित हजारौँ प्रयोगकर्ताहरूले फेसबुक, ट्विटर (X), इन्स्टाग्राम लगायतका प्लेटफर्महरूमा पोस्ट गर्न थालेका छन्।

यो ट्रेन्डले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ, र बालेन शाहले यसप्रति प्रतिक्रिया दिने हो वा होइन भन्ने विषयमा चासो थपिएको छ।