Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ट्रमा सेन्टरमा थप एक प्रदर्शनकारीको मृत्यु, मृतकको संख्या १५ पुग्यो

ट्रमा सेन्टरमा थप एक प्रदर्शनकारीको मृत्यु, मृतकको संख्या १५ पुग्यो

काठमाडौं, सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनका क्रममा गम्भीर घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ।

यससँगै ट्रमा सेन्टरमा ज्यान गुमाउने प्रदर्शनकारीको संख्या ७ पुगेको छ।

अन्य अस्पतालहरूमा पनि प्रदर्शनकारीको मृत्युका घटना भएका छन्। सिभिल अस्पतालमा ३, एभरेस्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भइसकेको छ।

हालसम्म देशभरि विभिन्न अस्पतालमा गरी १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।