काठमाडौं । राजधानीको बानेश्वर क्षेत्रमा जेनजी युवाहरूको आन्दोलन आज नियन्त्रण बाहिर गएपछि सुरक्षा निकायले बल प्रयोग गरेको छ। आन्दोलनकारीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको पर्खाल भत्काएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन रबरको गोली प्रहार गर्नुका साथै अश्रुग्याँस प्रयोग गरेको हो।
सुरक्षा अधिकारीहरूका अनुसार आन्दोलनकारी भिडलाई तितरबितर पार्न प्रहरीले मुख्यतः घुँडामुनि रबरको गोली चलाएको छ। आन्दोलनले उग्र रूप लिएपछि त्यस क्षेत्रमा निषेधाज्ञा कर्फ्यू समेत जारी गरिएको छ।
जेनजी आन्दोलनले पछिल्लो समय सामाजिक सञ्जाल हुँदै व्यापक समर्थन पाइरहेका बेला आजको प्रदर्शन अप्रत्याशित रूपमा आक्रोशित भएको हो।