Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बानेश्वरस्थित संसद भवनमा प्रदर्शनकारीको प्रवेश, प्रहरीद्वारा अश्रुग्यास र हवाइफायर

बानेश्वरस्थित संसद भवनमा प्रदर्शनकारीको प्रवेश, प्रहरीद्वारा अश्रुग्यास र हवाइफायर

 

काठमाडौं ।  जेनजी अभियानमा सहभागी प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका छन्। उनीहरू संसद भवनको सुरक्षा पर्खाल र मुख्य गेट नाघेर भित्र प्रवेश गरेका हुन्।

प्रदर्शनकारीहरू संविधान संशोधन, बेरोजगारी, शिक्षा, र वातावरणीय संकटजस्ता मुद्दा उठाउँदै संसद घेराउ गर्न पुगेका थिए। अवस्था नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार र हवाइफायर गरेका छन्।

घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल र झडपसमेत भएको जानकारी प्राप्त भएको छ। केहि प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

हाल संसद परिसर तनावग्रस्त रहेको छ र स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू प्रयासरत छन्।