Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीले फेसबुक लगाएतको एप्स बन्द गर्नु डेढ महिना अगाडीनै खोलेका थिए आफुले भाइबर

ओलीले फेसबुक लगाएतको एप्स बन्द गर्नु डेढ महिना अगाडीनै खोलेका थिए आफुले भाइबर

काठमाडौँ, ओलीले मन्त्रीपरिषद्बाट सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय गर्नुभन्दा केही समयअघि मात्र भाईबर खोलेको पाईएको छ । उनले ढेड महिना अघिमात्र आफ्नो भाइबर च्यानल खोलेको र त्यसको केही सातापछि उनले प्रतिबन्ध गरेको हुन । फेसबुक ,युटुव , वाट्सअप लगाएतका सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पूर्व योजनाका साथ ओली भाइबरमा सक्रिय हुन थालेको हुन । आजभन्दा करिब डेढ महिना अघि २५ असारमा ओलीको नाममा भाइबर च्यानल तयार भयो । यसको जानकारी उनले आफ्नो फेसबुक पेजबाटै दिएका थिए ।

उनी भाइबरमा जोडिएको डेढ महिनापछि ९ भदौ २०८२ को मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरणमा आउन आह्वान गर्ने र अटेर गरे नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरे । ११ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सो निर्णय सार्वजनिक गरे । त्यसको एक सातापछि अन्तत क्रमश नेपालमा फेसबुक लगाएतका नेपालमा दर्ता नभएका एपहरु बन्द हुन थाले । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेपछि युट्युब लगायतका विभिन्न प्लेटफर्ममा आधारित सामग्री उत्पादक तथा प्रयोगकर्ताहरू प्रभावित पनि भएका छन् ।सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदा सूचीकरणमा आएका ५ वटा सामाजिक सञ्जाल भने अहिले निर्बाध रूपमा सञ्चालनमा छन् । जसमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ रहेका छन् । यी सामाजिक सञ्जाल हालै नभई केही समय पहिले देखि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचीकरणमा थिए ।

अहिले फेसबुक, मेसेन्जर, ह्वाट्सएप, भाइबर, युट्युब, इन्स्टाग्राम, लिङ्क्डइन, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाल बन्द हुँदा सबैभन्दा बढी फाइदा भाइबरलाई नै पुगेको छ । सामाजिक सञ्जाल प्रतिबन्धको निर्णय भएको २४ घण्टामै यो एप ८८ ओटा अन्य एपलाई पछि पार्दै नेपालमै सबैभन्दा बढी डाउनलोड हुने एपको सूचीमा पहिलो नम्बरमा पुगेको पनि छ ।  नेपालमा सबभन्दा धेरै प्रयोग हुने फेसबुक र म्यासेन्जर एप चल्न छाडेपछि प्रयोगकर्ताले वैकल्पिक एपका रूपमा भाइबर रोजेको देखिएको छ । प्ले स्टोरको फ्रि एपमा भाइबरपछि अहिले क्रमशः च्याटजीपीटी, कल एप, इमो, ह्वाट्सएप रहेका छन् । दर्ता भइसकेका कारण सरकारको निसानामा नपरेको टिकटक पनि शीर्ष एपको छैठौं नम्बरमा छ ।

सूचीमा फेसबुक लाइट तथा फुल भर्सन क्रमशः नवौं र दशौं, म्यासेन्जर एघारौं नम्बरमा छन् । अहिले बिशेष गरि सामाजिक सञ्जालमा फेसबुक नचलेपछि बिशेष गरि आमाबुबाबाट टाढा भएका छोराछोरीहरु समस्यमा परेका छन । दिनहु बिदेशमा रहेका छोराछोरीहरुको हालखबर बुझिरहेका आमाबुबाहरु ऋहिले सम्पर्कबिहिन जस्तै भएका छन । छोराछोरीको फोटो देखेर म्यासेन्जरमा कल गर्ने बुढाआमाबुवाहरु अहिले न भाईबर चलाउन जानेका छन त र अन्य नेपालमा चलिरहेको एपबाट जोडिन पाएका छन ।