काठमाडौँ, हिजो कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले हरिसिद्धि उकालोमा एक बालिकालाई ठक्कर दिएको घटनाले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालमा पनि सिसिटिभि फुटेज निकै भाईरल भयो । त्यसपछि उनै मन्त्री र ओली सरकारकै चौतर्फि बिरोध भयो । बालिकालाई गाडीले ठक्कर दिएपछि मन्त्रीले गाडी रोक्न लगाउनु पथ्र्यो, झरेर सोधपुछ गरी ती बालिकालाई अस्पताल पुर्याउने व्यवस्था गर्नुपथ्र्याे तर यी काम मन्त्री रानाबाट नभएपछि स्थानीय आक्रोशित भए ।
स्थानीयले बालिकाको उद्धार गरे। उनलाई उपचार ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा लगियो। उपचारपछि साँझ उनलाई डिस्चार्ज गरियो पनि । गाडीले बालिकालाई ठक्कर दिएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी पनि गराए । बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोजिएकोमा आपत्ति जनाए । उनले भने, ‘सामान्य रुपमा एक बच्चीलाई गाडीले छोयो। अस्पताल लगिसकियो। त्यस्तो कुनै नियत थिएन। पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ। घटनाप्रति दुःख व्यक्त गर्छु। कहिलेकाहीं यस्ता अप्रिय घटना हुन्छन्।
नहुनुपर्ने घटना तर भइदियो। त्यही कारण कार्यक्रम समयमै सञ्चालन हुन विलम्ब हुन गयो।’ यता उनै योजना मन्त्री रामबहादुर रानाले नचिनेको स्थानमा सवारी दुर्घटना हुँदा गाडीमा तोडफोड र क्षति हुने डरले नरोकी अगाडि हिँडेको बताएका छन । आफूले नै प्रहरीलाई खबर गरेको बताउदै उनले भने नयाँ ठाउँ र परिवेश भएकाले गाडी रोक्नु उपयुक्त लागेन । आक्रोशित भिडले गाडीमा आक्रमण हुने डरले प्रहरीलाई खबर गरेको हो ।’उनले घाइते बालिकाको उपचारमा सहयोग गरेको बताए । हामी एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरीस्थित सनराइज हल जाँदै थियौँ। सामान्य गतिमा गाडी अघि बढिरहेको थियो। अचानक एक सानी बालिका गाडीमा अलिकति ठोक्किइन्। तर हाम्रो चालकले तुरुन्तै ब्रेक लगाएकाले ठुलो दुर्घटना भएन।
शनिवार राना मगर सवार गाडीले ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि मन्त्री सवार गाडी नरोकी भागेको विषयमा चर्को आलोचना भइरहेको छ । एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरीस्थित सनराइज हलतर्फ जाँदै गर्दा हरिसिद्धिमा उनको गाडीले जेब्रा क्रसिङनेरै बाटो काट्न लागेकी एक बालिकालाई ठक्कर दिएको थियो। घाइते बालिकालाई ललितपुरको बी एण्ड बी अस्पतालमा २ घण्टाको उपचारपछि डिस्चार्ज गरिएको छ।