Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज राति खग्रास चन्द्र ग्रहण लाग्ने , यि राशी भएका ब्यक्तिलाई हुन सक्छ यस्तो ?

आज राति खग्रास चन्द्र ग्रहण लाग्ने , यि राशी भएका ब्यक्तिलाई हुन सक्छ यस्तो ?

काठमाडौँ,  आज यो बर्षको पहिलो चन्द्र ग्रहण लाग्दै छ । भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण आज लाग्ने जनाएको छ । ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ : ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ : ४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । शास्त्रीय मान्यताअनुसार, आइतबार दिउँसो १:११ बजेपछि बाल, वृद्ध र आतुरबाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।

ज्योतिषशास्त्र अनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ । मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ । यस आधारमा मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएकाहरूले हेर्न मिल्ने छ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ राशि भएका मानिसहरूका लागी यो ग्रहणले अति कष्ट दिनेछ ।
धार्मिक मान्यताअनुसार ग्रहणको केही घण्टा अगाडिदेखि नै सुतक लाग्छ ।

आज दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। चन्द्रग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता कार्यलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने कार्य गर्न निषेध गरिएको शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ।अर्थात् सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ । वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने प्रस्टाइएको छ। बरु खगोलप्रेमी र विद्यार्थीका लागि यो अवलोकन, अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर बन्नेछ।