Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले अध्यक्ष ओलीले दिएनन रास्वपालाई पार्टीको मान्यता

एमाले अध्यक्ष ओलीले दिएनन रास्वपालाई पार्टीको मान्यता

काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई आफ्नो पार्टीको राजनीतिक प्रतिवेदनमा उल्लेख नै नगरेका कारण अहिले राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

एमालेको गोदावरी, ललितपुरमा शुक्रबारदेखि सुरु भएको दोस्रो विधान महाधिवेशनका क्रममा प्रस्तुत गरिएको राजनीतिक दस्तावेजमा नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेशकेन्द्रित दल, राप्रपा लगायतका दलहरूलाई विश्लेषण गरिएको छ। तर, पछिल्लो समय लोकप्रियता हासिल गर्दै चौथो राजनीतिक शक्ति बनेको रास्वपाको नाम भने समावेश गरिएको छैन।

ओलीले प्रत्यक्ष रूपमा रास्वपाको नाम उच्चारण नगरे पनि, समाजमा राजनीतिक विकल्पको खोजी भइरहेका बेला पपुलिस्टहरूले दुरुपयोग गर्ने क्रममा आएका समूहहरू भनेर इंगित गर्दै रास्वपातर्फ संकेत गरेको ठानिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, ओलीको यो दृष्टिकोण रास्वपाको बढ्दो लोकप्रियतालाई स्विकार गर्न नसकेको संकेत हुनसक्ने देखिन्छ। पछिल्लो आमनिर्वाचन २०७९ मा रास्वपाले उल्लेखनीय सफलता पाएको थियो, जसले देशको राजनीति समिकरणमा नयाँ तरंग ल्याएको थियो।

रास्वपाका नेताहरूले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्, तर सामाजिक सञ्जालमा समर्थकहरूले ओलीको आलोचना गर्न थालेका छन्।