काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय डिजिटल कम्पनीहरू मेटा फेसबुक,इन्स्टाग्राम र युट्युबसँग नेपालमा उनीहरूको सूचीकरण स्थितिबारे स्पष्टिकरण माग गर्दै औपचारिक पत्राचार गरेको छ।
रास्वपाले पठाएको इमेलमार्फत ती कम्पनीहरूसँग नेपालमा दर्ता प्रक्रियाबारे जानकारी माग गर्दै, राष्ट्रिय कानुन र नेपालको सार्वभौमसत्तिको सम्मान गर्न आग्रह गरिएको छ। पार्टीका अनुसार युट्युब, फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरू केवल मनोरञ्जनको माध्यम नभई शिक्षा, डिजिटल आविष्कार, उद्यमशीलता, पत्रकारिता तथा रचनात्मक अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न पुगेका छन्।
रास्वपाले तीन प्रमुख बुँदामा स्पष्टिकरण माग गर्दै, मेटा र गुगल युट्युबको मालिक कम्पनी सँग नेपाल सरकारसँग दर्ता प्रक्रिया सुरु गर्न संवाद अघि बढाउन आग्रह गरेको हो।
यसैबीच, नेपाल सरकारले हालै नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जालहरू बन्द गरेको छ।