Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इतिहास नभएको पार्टी भन्दै रास्वपा प्रति ओली आक्रोशित

इतिहास नभएको पार्टी भन्दै रास्वपा प्रति ओली आक्रोशित

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी लाई लक्षित गर्दै तीव्र आलोचना गरेका छन्। पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले रास्वपालाई इतिहास नभएको पार्टी भन्दै कटाक्ष गरेका हुन्।

जसको न इतिहास थियो, न इतिहास छ। कसैले आरीबाट घोप्टाइदिएका त्यस्ता तत्वको बहाब आएको छ,ओलीले भने, के को बहाब आएको हो  ?  ती तत्त्वको छानबिन गर्दै जाने हो।

ओलीको उक्त टिप्पणीलाई रास्वपाविरुद्धको कडा राजनीतिक सन्देशका रूपमा हेरिएको छ। उनले यस्ता नव आगन्तुक शक्तिहरूको स्थायित्व र वैचारिक गहिराइमाथि पनि प्रश्न उठाएका छन्।