Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपाको टिप्पणी: 'सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादतर्फको संकेत'

राप्रपाको टिप्पणी: 'सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादतर्फको संकेत'

 

काठमाडौं ।  नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि आजैबाट क्रमशः लागू हुनेगरी रोक लगाउने निर्णय गरेको छ। सरकारको यस निर्णयलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले कडा आलोचना गर्दै अधिनायकवादतर्फ अघि बढ्ने खतरा रहेको चेतावनी दिएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकार आफ्नो असफलता ढाकछोप गर्न जनतामाथि जबरजस्ती नालायकीपन देखाइरहेको आरोप लगाए। नियमन गर्नुपर्ने विषयहरु नियमन गरिनैपर्छ, तर सार्थक संवादबाट समाधान खोज्न नसक्नु सरकारको असफलता हो, उनले भने।

श्रेष्ठका अनुसार, सामाजिक सञ्जालमा देखिएका विकृतिहरूलाई सम्बोधन गर्न संवाद र पारदर्शी नीति आवश्यक छ, न कि दमनात्मक कदम। आफ्नो असफलताबाट सिर्जित परिस्थितिलाई जबरजस्ती जनतामाथि थोपर्नु नालायिकी हो। बहाना खोजिरहेको सरकार सामाजिक सञ्जाल नै बन्द गरेर अधिनायकवादतर्फ अघि बढ्ने खतरा देखिएको छ। सजग बनौं, श्रेष्ठले चेतावनी दिए।