Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा नेता बदन भण्डारी माथि आक्रमण गर्नेहरूको खोजीकार्य तिव्र

रास्वपा नेता बदन भण्डारी माथि आक्रमण गर्नेहरूको खोजीकार्य तिव्र

काठमाडौँ । रास्वपाका नेता बदन भण्डारीमाथि आक्रमण गर्ने व्यक्तिहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रवि लामिछानेको पक्षमा बोलेकै भरमा आक्रमणमा परेका भण्डारी माथि अज्ञात समुहले निर्घात रुपमा कुटपटि गरेका हुन । बुधबार राति करिब ८ बजेतिर भण्डारीमाथि आक्रमण गर्नेहरूको खोजी गर्न काठमाडौंका दुई वटा युनिटबाट प्रहरी परिचालन गरिएको प्रहरीले जानकारी दिएको हो ।

 जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको छुट्टाछुट्टै प्रहरी परिचालन भएको हो। परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले आक्रमण गर्ने व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको जानकारी दिएका छन । प्रहरीले भण्डारी माथि आक्रमण गर्नेहरुको खोजीकार्य तिब्र पार्नुका साथै सिसिटिभी फुटेजहरु हेरिरहेको बताएको छ ।