काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रिय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि अज्ञात समूहबाट राती घर फर्किने क्रममा आक्रमण भएको छ । कपनस्थित प्रगति चोकमा मोटरसाइकलमा आएका तीन जनाको समूहको रड प्रहारबाट उनी घाईते भएका छन । आक्रमणमा परेका भण्डारीको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले १० वटा टाका पनि लगाइएको छ।
घटना क्रममा उनी सवार गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको बताइएको छ। आक्रमणकारी समूह फरार रहेका छन् भने प्रहरी प्रशासनले घटनास्थल वरपरको सीसीटीभी फुटेजका आधारमा उनीहरूको खोजी कार्य अगाडि बढाएको जनाएको छ। इहिबिचमा आफुमाथि भएको आक्रमणको बिषयले उनले अहिले सामाजिक सञ्जालमार्फत केही समय पहिले देखी धक्की आउने गरेको बताएका न । पार्टी सभापति रवि लामिछानेको पक्षमा बोलेको भन्दै आफुमाथि ज्यान नै मार्ने गरि आक्रमण भएको बताएका छन । उनी लेख्छन हिजो बेलुका ८ः३० बजे अफिस बाट घर फर्कदा कपन प्रगति चोकमा मेरो गाडी रोकेर बाईका आएका ३ जना मानिसहरु बाट ज्यान मार्ने उदेश्यले म माथि आक्रमण गरियो छ । आएकाहरु रड , चिरपट र खुकुरी लिएर आएका थिए । दुई जनाले एक्कासि टाउको र शरिरिकका भागहरुमा प्रहार गरे तेस्रो ब्यक्तिले बाईकबाट खुकुरी निकालेसि म रगत चुहाउदै गाडी तेही छोडेर घरमा भागेर आए त्यसपछि अस्पताल गएर दुई पटक गरेर १० टाका लागाईएको छ ।
म आज पुन हस्पिटल गएको छु । यो आक्रमण पूर्ण रुपमा राजनीतिक रिसिबीले गरिएको हो । मलाई केही समय अगाडिबाट फोनबाट धम्की र मेरा अफिस वरिपरि आएर मेरो बारे सोधखोज गरिए सुचना मालाई थियो । मैले राजनीतिक बिचार र आफ्ना कुरा राखेकै आधारमा यसरी ज्यान मार्ने उदेश्यले म माथि आक्रमण गरियो । उनले बताएका छन । यता उनलाई अस्पतालमा राति नै भेटन पुगेका रास्वपाका नेताहरुले शंकास्पद ब्यक्तिहरुको बारेमा सुचना दिएको बताएका छन । बिकृति बिसंगीको बारेमा बोलिरहेने नेता बदनमाथि उनलाई चेतवानी पूर्ण धम्की आएको र धम्की दिने ब्यक्तिको अडियो रेकर्ड पनि साथमा रहेको रास्वपाले जनाएको छ ।
पूराना पार्टीका गलत क्रियाकलापका बारेम बोल्दा उनीमाथि यो आक्रमण भएको रास्वपाले जनाएको छ । यस बिषयमा रास्वपाले पनि आक्रमणकारीलाई पत्ता लगाएर कडा कारबाहीको लागि माग निरन्तर गरिरहने बताएका छन । बदन रास्वपाका सक्रिय नेता हुन । उनले रवि लामिछानेको न्याय देखी पार्टीले चलाएका हरेक अभियानमा सक्रिय बन्दै लागिरहेका छन । उनले पार्टीलाई क्रियाकाशि बनाउने गरि पार्टीका कामलाई प्रभावकारी रुपमा जनतासामु पु¥याउन पनि लागिपरिहन्छन ।