Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाका उपसभापति स्वर्णिम पुगे साईबर ब्युरो, एआई बाट आवाज दुरुपयोग गरेको आरोप

रास्वपाका उपसभापति स्वर्णिम पुगे साईबर ब्युरो, एआई बाट आवाज दुरुपयोग गरेको आरोप

काठमाडौँ । रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले आफूमाथि गलत समाचारको आरोप लागेपछि त्यसबिरुद्ध साईबर ब्युरो पुगेका छन । आफुले भन्दै नभनेको कुरालाई एआइबाट नक्कली सामग्री फैलाइएको र अहिले आफु डिपफेकको सिकार भएको बताएका छन । सासंद अर्यालले एआईबाट आफ्नो जस्तै आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा नक्कली भिडियो पोस्ट भएको बताएका हुन् ।

उक्त भिडियोको विरुद्धमा उजुरी दिन डा. वाग्ले काठमाडौंको भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा उपस्थित भएका छन्। केहीअघि वाग्लेको आवाजसहितको नेपाल भारत–सीमा विवादसम्बन्धी फेक भिडियोमा बाहिरिएको थियो । र त्यसपछि एक भिडिओ पोस्ट शेयर गर्दै वाग्लेले फेक पोस्टहरूको खण्डन गरेका पनि थिए । भाइरल भइरहेको पोस्टमा “सिमानाको विषय उठाएर भारत संग निहु खोज्नु मुर्खता हो – स्वर्णिम वागले“ भन्दै लेखिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत उक्त पोस्ट शेयर गरेका छन् ।  

तर वाग्लेले आफ्नो फोटो लिएर नक्कली फोटोशप गरेर भाषिक अशुद्ध हिसाबले, आफ्नो शैलीसँग पनि नमिल्ने जम्मै नक्कली टेक्स्ट हालेर आफूले बोल्दै नबोलेको कुरा छ्यापछ्याप्ती पारेर बदनाम गर्ने खेल चलिरहेको बताए ।“अब त त्यो डिपफेक भन्ने टेलिफोनबाट मेरो आवाज भनेर एआईबाट हालेर पनि, शेरबहादुर देउवा केपी ओलीले गीत गाएको एआई भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भए जस्तै तथाकथित टेलिफोन सम्वाद गरेको भनेर आइरहेको रैछ । यी चाहिँ फेक हुन् । मेरो आधिकारिक पेजबाट आएका चिजहरूलाई मात्र पत्याइदिनु होला । नक्कलीमा चाहिँ विश्वास नगर्नु होला,“ उनले स्पष्ट पार्दै भनेका छन् ।


रास्वपाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य हिस्सा भएको स्पष्ट गर्दै यस विषयमा पार्टी हिमालझैँ अडिग रहेको जनाएको छ ।