काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली सहित प्रतिपक्षी दलका सांसदहरूले कुलिङ अफ पिरियड छानबिन समितिमा देखाएको प्रभावकारी र दृढ भूमिकाले अर्को सफलता हात पारेका छन्।
विशिष्ट र प्रथम श्रेणीका कर्मचारीका लागि प्रस्तावित दुई वर्षे ‘कुलिङ अफ पिरियड’ व्यवस्था राष्ट्रिय सभाबाट पारित भएको हो।
यसअघि संसदको समितिमा छलफलका क्रममा प्रतिपक्षी सांसदहरूले पारदर्शिता, सुशासन र पदाधिकारीहरूको दोहोरो भूमिकामा रोक लगाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए। उनीहरूको निरन्तर दबाब र सक्रियताले अन्ततः दुई वर्षे कुलिङ अफ पिरियड व्यवस्था संस्थागत हुने मार्ग प्रशस्त भएको हो।
बिधेयक राष्ट्रियसभामा पुगेपछि एमाले बाहेक सबै राजनीतिक दलका सांसदहरूको साझा अडानले यो प्रावधान पारित हुन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।