Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेइजिङमा दोस्रो विश्वयुद्धको विजयको ८०औँ वार्षिकोत्सव,ओली,पुटिन देखि विभिन्न देशका राष्ट्रप्रमुख

बेइजिङमा दोस्रो विश्वयुद्धको विजयको ८०औँ वार्षिकोत्सव,ओली,पुटिन देखि विभिन्न देशका राष्ट्रप्रमुख

 

काठमाडौं — जापानी अतिक्रमणविरुद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमा विजयी भएको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनको राजधानी बेइजिङमा भव्य समारोहका साथ सैन्य परेड आयोजना गरिएको छ।

थ्येनआनमन चोकमा आयोजित यो विशेष समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा ऐतिहासिक विजयलाई स्मरण गर्दै शान्ति, राष्ट्रिय एकता र समृद्धिको सन्देश दिएका थिए। साथै, उनले आधुनिक चीनको सुरक्षा तथा सैनिक क्षमताको प्रदर्शनस्वरूप सैन्य परेडको निरीक्षण समेत गरे।

उक्त समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन लगायत विश्वका २६ राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थिति रहेको थियो। विदेशी पाहुनाहरूको सहभागिताले समारोहलाई विशेष अन्तर्राष्ट्रिय महत्व प्रदान गरेको छ।

चीनले यो वार्षिकोत्सवलाई राष्ट्रिय गौरवको विषयका रूपमा लिँदै विगतमा भएको बलिदान र संघर्षको स्मरण गर्दै विश्व शान्तिको पक्षमा आफ्नो भूमिकालाई पुनः बलियो बनाउने संकेत दिएको छ।