Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमाले नेता ऐन महरविरुद्ध मुद्धा दर्ता, मुद्धा हाल्ने महिला विरुद्ध पनि महरले दिए जाहेरी

एमाले नेता ऐन महरविरुद्ध मुद्धा दर्ता, मुद्धा हाल्ने महिला विरुद्ध पनि महरले दिए जाहेरी

काठमाडौँ, सत्ता र शक्तिको आडम पक्राउ परेकै दिन छुटेका नेकपा एमाले का नेता ऐन महरविरुद्ध साइबर अपराध अन्तर्गत मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबार सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम महरमाथि मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयका अनुसार महरले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेका थिए भन्ने आरोप छ । पीडित महिलाले महरले लाइभ भिडियो, मेसेज र स्टाटसमार्फत गालीगलौज गरेको दाबी गरेकी छन् ।

महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएका थिए र सोही दिन सरकारी वकिलको कार्यालयमा बयान दिएका थिए। बयानपछि उनलाई हाजिर जमानीमा छाडिएको थियो। महर पक्राउ परेकै दिन सत्ता र शक्तिको आडमा उन्मिुक्ति दिएको भन्दै चौतर्फी आलोचना समेत भएको थियो । एमालेका नेता समेत रहेका उनलाई सरकारले नै जोगाएको भन्दै सामाजिक सञ्जालमा सरकारको व्यापक आलोचना भएको थियो । अदालतमा उनी पुनः उपस्थित भएपछि थुनछेक बहस हुनेछ, जसअनुसार उनलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्नेबारे निर्णय गरिनेछ ।यता, महरले पनि ती महिलाविरुद्ध सोही मुद्दाअन्तर्गत प्रतिजाहेरी दर्ता गरेका छन्। भदौ ११ कै दिन ती महिलाको पनि बयान लिइएको र उनी पनि हाजिर जमानीमा रिहा गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

ऐन महरले ती महिलामाथि आफूसँग १ करोड रूपैयाँ मागेको आरोप लगाउँदै २०८१ वैशाख २५ गते आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जाहेरी दिएका थिए। त्यो जाहेरी जिल्ला प्रहरी परिसरको कसुर दर्ता किताबमा १२३३ नम्बरमा दर्ता छ। महरको त्यही जाहेरीका आधारमा प्रहरीले २०८१ वैशाख ३१ गते जिल्ला अदालतबाट ती महिलाविरूद्ध पक्राउ अनुमतिसमेत लिएको थियो। त्यो मुद्दा अहिले जिल्ला अदालतमा विचाराधीन छ । अदालतले ५० हजार रूपैयाँ धरौटी लिएर तारिखमा छाडेको ती महिलाको भनाई छ ।

महरले भने ती महिलाले आफूसँग १ करोड रूपैयाँ मागेको र १५ लाख मात्र दिएपछि बलात्कारसम्बन्धी जाहेरी दिएको दाबी गरेका छन्। उनको त्यही दाबीका आधारमा प्रहरीले महिलाविरूद्ध आपराधिक लाभको मुद्दा चलाएको छ। अनौठो के छ भने ती महिलाले दिएको बलात्कारको जाहेरी र महरले दिएको आपराधिक लाभसम्बन्धी जाहेरी एकै दिन (वैशाख २५) दिएको देखिन्छ। एकले अर्काविरूद्ध एकै दिनमा दिएका छुट्टाछुट्टै जाहेरीमध्ये प्रहरीले भने महराका पक्षमा मात्र कारबाही चलाएको र महिलाको निवेदनप्रति बेवास्ता गरेको देखिन्छ ।