Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इमेज सहकारीले एक लाख मुनिका बचतकर्तालाई रकम फिर्ता दिने प्रक्रिया अन्तिम चरणमा

इमेज सहकारीले एक लाख मुनिका बचतकर्तालाई रकम फिर्ता दिने प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाले एक लाख रुपैयाँभन्दा कम बचत गरेका सेवाग्राहीलाई रकम फिर्ता दिने प्रक्रिया अन्तिम चरणमा पु-याएको छ।

बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थाका संस्थापक अध्यक्ष हुन्। सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीका अनुसार, बागलुङका ६१३ जना बचतकर्तालाई करिब ५ करोड रुपैयाँ फिर्ता भइसकेको छ भने पोखराका १५८ जना सेवाग्राहीलाई फिर्ता दिन थालिएको छ।