Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनचाँदीको भाउले नयाँ कीर्तिमान कायम, सुन तोलामा २ लाख नाघ्यो

सुनचाँदीको भाउले नयाँ कीर्तिमान कायम, सुन तोलामा २ लाख नाघ्यो

 

काठमाडौं,नेपाली बजारमा सुनचाँदीको भाउले आज पुनः कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुनको भाउ तोलामा १,७०० रुपैयाँले बढेर २,०५,३०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

महासङ्घका अनुसार सुनको भाउ पछिल्ला केही दिनयता लगातार वृद्धि हुँदै आएको छ। वैश्विक बजारको प्रभाव, मौद्रिक नीतिको अनिश्चितता तथा डलरको भाउमा आएको उतारचढावले नेपाली बजारमा समेत असर पारेको व्यवसायीहरू बताउँछन्।

चाँदीको भाउ पनि आज उल्लेख्य रूपमा वृद्धि भएको छ। आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको २,४७० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।