Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाबाट रुपन्देही ३ को उपनिर्वाचनमा डा. लेखजंग थापा उम्मेदवार

रास्वपाबाट रुपन्देही ३ को उपनिर्वाचनमा डा. लेखजंग थापा उम्मेदवार

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं. ३ मा हुन लागेको उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ।

पार्टीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी थापालाई उम्मेदवारको रूपमा सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले थापा पार्टीको प्राइमरी इलेक्सन प्रक्रियाबाट ९ जना आकांक्षीहरूमध्येबाट छानिएको जानकारी दिए।

डा. थापा चिकित्सक तथा सामाजिक अभियन्ता हुन्। रास्वपाले हालै देशभर उम्मेदवार छनोट प्रक्रियामा आन्तरिक प्राइमरी प्रणाली लागू गर्दै आएको छ,जसअनुसार योग्य उम्मेदवार छनोट गरिन्छ।

उपनिर्वाचनको मिति नजिकिँदै गर्दा रास्वपाको यो निर्णयलाई आगामी निर्वाचनमा पार्टीको रणनीतिक तयारीको रूपमा हेरिएको छ।