काठमाडौँ । एमालेबाट चुनाव लडेर वडा अध्यक्ष भएका दाङका चन्द्र बहादुर गुरुङ ऋण लाग्यो भन्दै एक बर्ष अघि बिदेश गए । वडा सदस्य चम्फा पुनलाई कार्यवहाक दिएर बेलायत गएका गुरुङ एक वर्षपछि घर फर्किए । फर्किनु त सामान्य नै भयो तर यहा के भयो भने जनताको सेव गर्ने भनेर आश देखाएर वडा अध्यक्ष भनेका उनी मनपरि नै गर्न थाले । अहिले आएर फेरि त्यही वडा अध्यक्षको कुर्सिमा बसे । २०७९ को स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका चन्द्रबहादुर गुरुङ चुनावपछि सोही वडाको अध्यक्ष बनेका थिए ।
दाङको राप्ती गाउँपालिका–८ को वडाध्यक्ष सम्हालेको तीन वर्ष नपुग्दै उनी रोजगारीका लागि विदेश गए । कार्यवाहक दिइएको पत्रमा उनले विशेष कामले विदेश जान लागेको उल्लेख गरेको भए पनि कहिलेसम्म भनेर खुलाएका थिएनन । परिवारले दिएको जानकारी अनुसार ऋण बढेपछि उनी बेलायत गएका हुन् । ऋणको ब्याज बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि गुरुङ साउन २० गते बेलायत उडे भनेर पनि समाचार बाहिरिएको थियो । उनै एक वर्षपछि घर फर्किए फेरि वडा अध्यक्षको कुर्सि घुमाउन थालेपछि अहिले स्थानिय स्तरबाटै बिरोध र आलोचना हुन थालेका छ ।
शुक्रबारै उनी कार्यपालिका बैठक पनि पुगे। उनी पुगेकै कारण कार्यपालिका बैठक नै स्थगित हुन पुग्यो। कतिपय कार्यपालिका सदस्यहरूले उनको उपस्थितिबारे फरक मत राखेका थिए। वडाध्यक्ष गुरूङ कार्यपलिका बैठकमा सहभागी भएपछि उनलाई कुरा राख्न समय दिइएको थियो। उनको कुरा चित्तबुझ्दो नभएको भन्दै पालिका प्रवक्ता तथा वडा नम्ब २ का अध्यक्ष पहलवान चौधरी, वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरी, वडा नम्बर ६ का अध्यक्ष दीपककुमार चौधरी, कार्यपालिका सदस्य रणबहादुर पुजालीले फरक मत दर्ज गरेर बाहिरिएका थिए ।
फरक मत राख्नेहरूले जनताको मतबाट निर्वाचित व्यक्ति हुँ भन्दैमा मनोमानी गर्न नपाइने अडान लिएका थिए। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कार्यपालिकामा असहज अवस्था उत्पन्न भएपछि बैठक स्थगित गर्नु परेको बताए।
उनी पहिले वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए । तीन वर्ष साउदी अरब र मलेसियामा बसेर घर फर्किए । त्यसपछि फेरि विदेश नै जाने तयारीमा थिए । तर अघिल्लो कार्यकालका वडाध्यक्ष गोकर्णबहादुर रानामगरले वडा कार्यालयमा सहयोगीको रुपमा काम गर्न बोलाए । उनले वडा कार्यालयमा पाँच वर्ष कार्यालय सहयोगी भएर बिताएका थिए । कार्यालय सहयोगी हुँदाहुँदै २०७९ को चुनावमा उनले एमालेबाट टिकट पाए । चुनावमा प्रतिस्पर्धी कांग्रेसका प्रभाकरदेव चौधरी र माओवादी केन्द्रका रामचन्द्र चौधरीलाई हराएका थिए ।