Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रबि लामिछानेले आजै १ जनालाई बनाउदै छन् रुपन्देहीको उमेदवार

रबि लामिछानेले आजै १ जनालाई बनाउदै छन् रुपन्देहीको उमेदवार

काठमाडौँ । रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थकहरु पखाईको घडी अन्नत अबको केही छिनमा सकिदै छ । रास्वपाले अबको केही बेरमै कात्तिक १७ गते रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि ९ जना मध्ये एक जनाको नाम सार्वजानिक गर्दै छ । पार्टीबाट उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट ९ आकांक्षी मैदानमा छन र उम्मेदवार छनोट विधि अन्तर्गत  अब पालो प्रारम्भिक निर्वाचन पनि भैसकेको छ । त्यो एक उम्मेदवार को होला त ? बुटवल सेमलारका सुलभ खरेल, भैरहवाका पार्थिवेन्द्र उपाध्याय, डा.लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र बुटवलकै मधुप्रसाद अर्याल । जसको लागि यहि भदौ १२ गते बिहान देखी  भदौ  १३ साँझ ७ बजेसम्म रूपन्देही –३ का पार्टी सदस्यहरू, रूपन्देही–३ का पार्टीका तहगत समितिमा रहेका  सदस्यहरू र केन्द्रीय समिति सदस्यहरुले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ उम्मेदवारमध्ये एक उम्मेदवारलाई आफ्नो मत दिएका छन । र त्यो मत सबैभन्दा बढि जसले पाएको छ  आज उसैको नाम सार्वजनिक हुदै छ ।

दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाका एक नेताले जानकारी दिए । आकांक्षीहरूमा पार्टीका केन्द्रीय सदस्य, जिल्ला पदाधिकारी, पूर्वउम्मेदवार, चिकित्सक, प्राध्यापक, सहकारी अभियन्ता, उद्योगी र विदेशबाट फर्किएका युवासमेत रहेकाले यो प्रकृयालाई थप रोचक बनाएको छ । साउन ७ देखि २१ गतेसम्म आवदेन माग गरेकोमा ९ जनाले आवेदन दिएका हुन ।उम्मेदवारीको दौडमा रहेकाहरूलाई सुरूमा एकै ठाउँमा राखेर कोही एकजनाको नाममा सहमति जुटाउने प्रयास गरिएपनि संभव नदेखिएपछि पार्टीले यो विधि तय गरेको जनाइएको छ । रास्वपा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपिन आचार्यले आवेदनसँगै पार्टीले विभिन्न चरणमा उम्मेदारहरुसँग सामुहिक र एकल छलफल गरेर प्राइमरी इलेक्सनमा पुगेको बताउँदै यसले सदस्यहरुलाई आफ्नो उम्मेदार छान्न पाउने विधि स्थापित गराउने बताए ।

कांग्रेस, एमाले, रास्वपा, मधेसी मोर्चाको साथमा नाउपाका रेशम चौधरी पक्ष र बालेन टीमका उम्मेदवार नै अहिलेसम्मको मैदानमा बढी चर्चामा देखिएका छन् । २०७९ मा एमालेसँगको तालमेलमा राप्रपाका दीपक बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई २,६८१ मतान्तरले हराएका थिए । बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत पाएका थिए । तेस्रो स्थानमा रास्वपाका जीतबहादुर गुप्ता तेली ९५,७९६० र चौथो स्थानमा नागरिक उन्मुक्तिका तुलसीप्रसाद थारू ९४,७५१० रहेका थिए । चैत १९ गते बोहराको निधन भएपछि रिक्त भएको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेपछि दलहरू यसको तयारीमा लागेका हुन् ।