Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेका वडा अध्यक्षले विदेश बाट फर्किएर पद सम्हालेको खुल्यो,४० लाख ऋण तिर्न गएका थिए विदेश

एमालेका वडा अध्यक्षले विदेश बाट फर्किएर पद सम्हालेको खुल्यो,४० लाख ऋण तिर्न गएका थिए विदेश

काठमाडौँ । एमाले बाट चुनाव जिेतर वडा अध्यक्ष बनेका दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले विदेश बाट फर्किएर पुन पद सम्हालेका छन । गुरुङ रोजगारीका लागि भन्दै १ बर्ष अघि वेलायत  गएका थिए ।

२०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ ऋण तिर्न नसकेपछि रोजगारीका लागि विदेश पलाएन भएको बताइएको थियो । उनको ४० लाख ऋण भएकाले ऋण तिर्न नसकेपछि रोजगारीका लागि बेलायत गएको बताइएको थियो । उनी वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।

गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको १ बर्ष मै फर्किएर उनी पुन वडा अध्यक्ष पदमा बसेका हुन ।  उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए । कार्यपालिकाबाट अनुमति नलिएको भएपनि जानकारी गराएर विदेश गएको उनको भनाई छ । अनुमति नलिएर विदेश जाने र पुनः आएर पद सम्हाल्ने कुराको कार्यपालिका सदस्यहरुले भने विरोध जनाएका छन् ।

उनी बैठकमा आएपछि  शुक्रबार भएको कार्यपालिका बैठक समेत चल्न नसकेको पनि बताइएको छ ।  कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा चुलिएको थियो ।