Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहले ओलीलाई भने : लिपुलेक नेपालको हो भनेर चीनलाई सम्झाउनु

बालेन शाहले ओलीलाई भने : लिपुलेक नेपालको हो भनेर चीनलाई सम्झाउनु

काठमाडौँ । बालेन शाहले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकका विषयमा कुरा राख्न नबिर्सन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्नासाथ मेयर बालेनले सामाजिक सञ्जालमार्फत चीन सरकारलाई लिपुलेक हाम्रो हो भन्ने कुरा सम्झाइदिन आग्रह गदैँ स्टाटस लेखेका हुन ।  

चीन भ्रमणको शुभकामना दिँदै मेयर बालेन शाहले सामजिक सञ्जाल फेसबुकमा लेखेका छन,‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनुहोला । अल द बेस्ट। हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ।’ भन्दै लेखेका छन ।

हालै भारत र चीनले नेपाललाई सोध्दै नसोधी नेपाली भूमि लिपुकलेकलाई आफूहरू दुई देशको व्यापारिक मार्ग बनाउने सहमति गरेका छन्। जसप्रति नेपालले गम्भीर आपत्ति जनाइसकेको छ र लगत्तै सुरु भएको प्रधानमन्त्रीको चीन भ्रमणमा यो मुद्दा उठाइने अपेक्षा गरिएको छ ।