काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले नेपाल टेलिकम नै चिनिया कम्पनी हुवावे लाई जिम्मा दिन लागेको विषय सार्वजनिक भएपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आक्रोश व्यक्त गरेका छन । सिंहले अब एमाले काग्रेस मिलेर देशको सबै सम्पती सखाप पार्न लागेको बताउँदै यस विषयमा आपत्ति प्रकट गरेका हुन ।
अन्तर्राष्ट्रिय मान्यता अनुरुप टेलिकमजस्तो संवेदनशील सेवाको सम्पूर्ण अधिकार कुनै एउटा कम्पनीलाई दिँदा अप्ठेरो परेको अवस्थामा धोका हुनसक्ने सिंहले बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै भनेका छन,मैले केही दिन अगाडि बजेट बिनियोजन शिर्षक मा“ केही जिल्लाहरु लिजमा दिउँ“ भन्दा एमालेका साथीहरु जुरुक्क उठेर नियमापती भयो यो रास्ट्रघाती अभिव्यक्ति भयो कार्यवाही हुनुपर्छ रेकर्ड बाट डिलिट गर्नुपर्छ भन्नुभयो आज नेपाल टेलिकम (नेपाल राष्ट्रको सम्पती) चाइनिज हुवावे लाई दिने कुरा आएको छ।
जबकि कुनै पनि टेलिकम अपरेटरले आफ्नो कोर सिष्टम र बिलिङ् सिष्टम एउटै सेवा प्रदायक (भेन्डर)लाई दिन्छ त्यसपछि सो भेन्डर सर्वेसर्वा हुन्छ र उसले गरेको कामलाई कसैले निगरानी गर्न सक्दैन । अन्तर्राष्ट्रिय मान्यता अनुरुप टेलिकमजस्तो संवेदनशील सेवाको सम्पूर्ण अधिकार कुनै एउटा कम्पनीलाई दिँदा अप्ठेरो परेको अवस्थामा धोका हुनसक्छ । म एमालेका ती मित्रहरु लाई सोध्न चाहन्छु के यो राष्ट्रवादी कदम हो? यति हुँदाहुँदै नेपाली कांग्रेस ले चुइक बोल्न सकेको छैन सभापति त त्यस्कै लागि पार्टी नेतृत्व गरिरहेका छन ।तर मिडिया महामन्त्री पनि चुप छन कांग्रेस –एमाले मिलेर देशको सबै सम्पती सखाप पार्ने भए भन्दै लेखेका छन ।
प्रधानमन्त्रीले ओली चीनलाई खुसी बनाउन नेपाल टेलिकम चिनियाँ कम्पनी हुवावेलाई सुम्पने तयारी गरेको खुलेको हो ।