Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीले दिए भारत र चीनलाई ठुलो झट्का, चुच्चे नक्सा राष्ट्र संघमा बुझाएको खुलासा

ओलीले दिए भारत र चीनलाई ठुलो झट्का, चुच्चे नक्सा राष्ट्र संघमा बुझाएको खुलासा

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीको भारत र चीनको भ्रमण अघि नै नेपालको चुच्चे नक्सा सहितको दस्तावेज संयुक्त राष्ट्र  संघलाई बुझाएको खुलासा भएको छ । ओली सरकारले  नयाँ नक्सासहितको दस्तावेज ८ महिनाअघि नै राष्ट संघलाई बुझाएको तथ्य अहिले आएर सार्वजनिक भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसदबाट पारित नयाँ नक्सासहितको ’कमन कोर डकुमेन्ट अफ नेपाल’ राष्ट संघलाई गत जना जनावरीमा बुझाएको पाइएको हो,यो डकुमेन्ट संयुक्त राष्टसंघीय मानव अधिकार ट्रिटी बडीमा पठाइएको थियो । संयुक्त राष्ट संघले जनवरीमा रिसिभ गरेको पनि अभिलेखमा देखिएको छ ।

यो दस्तावेज नेपालले ३० वर्षपछि अपडेट गराएको हो ।  यसअघि १९९४ मा नेपालले कमन कोर डकुमेन्ट राष्ट्र संघीय निकायमा पठाएको थियो । त्यसयता नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए पनि कमन कोर डकुमेन्ट अपडेट हुन सकेको थिएन । नेपालले २०७७ जेठ ७ गते पहिलोपटक लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । सन् १८१६ मा सुगौली सन्धिलाई आधार बनाएर त्यसबेला कायम भएको नेपालको क्षेत्रफललाई सरकारले नक्सामा समेटेको थियो । भारतले २०७६ कात्तिक १६ मा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूभाग आफ्नो नक्सामा पारेर जारी गरेपछि त्यसविरुद्ध नेपालमा ठूलो विरोध भएको थियो ।


यतिबेला नेपालको भुभाग कालापानी र लिपुलेकमा भारत र चीनले व्यापारी केन्द्रमा सम्झौता गरेपछि यो कुरा चर्चामा आएको छ । पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रधानमन्त्री हुँदा रोकिएको उक्त प्रतिवेदन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्रिपरिषदबाट पारित गरेर राष्ट्रसंघमा पठाएको पाइएको हो । यतिबेला सीमा विवादसम्बन्धी विषयले नेपाली राजनीति तातिएका बेला बहुचर्चित चुच्चे नक्सासहितको विवरण राष्ट्र संघमा पुगेको खुलेको हो । कालापानी र लिपुलेकमा भारतले बषौँबाट हस्तक्षेप गदैँ आएको छ ।

भारतको यस्तो हस्तक्षेप पनि नेपाल सरकार मौन बस्दा बेला बेलामा यो बिषय बल्झिने गरेको हो । नेपालका शिर्ष तहका नेताहरु यो बिषय उठाउन डराउने गरेका छन । यहीँ बिषयलाई भारतले बेला बेला नाकाबन्दी समेत गर्ने गरेको छ ।  सरकारले अपडेट गराएको विवरणमा २०७७ जेठ ७ मा जारी गरेको नयाँ नक्सा र निशाना छाप राखिएको छ, जसलाई नेपालमा चुच्चे नक्साको नामले पनि चर्चा गर्ने गरिन्छ । विवरणमा नेपालको दक्षिण, पूर्व र पश्चिमतर्फ भारत र उत्तरतर्फ चीनसँग सीमा जोडिएको उल्लेख छ ।