काठमाडौँ । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेको हो । हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।