Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

रास्वपा नेता अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पाँडेललाई सामाजिक सञ्जालमार्फत एक महिलालाई गालीगलौज गरेको आरोपमा साइबर अपराध अन्तर्गत बुधबार प्रहरीले पक्राउ गरेको थियो।

शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।