काठमाडौँ । सरकारले नेपाल प्रहरीको ३२औं महानिरीक्षकको रुपमा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई नियुक्त गरेको हो । खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त भएका हुन् ।
खापुङले २०८२ कार्तिक २७ गतेसम्म प्रहरीको नेतृत्व गर्ने भएका छन । अहिलेका महानिरीक्षक दीपक थापाले यही भदौ १८ गते राति १२ बजेदेखि अवकाश पाउने भएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओली भोलिदेखि चीन भ्रमणमा जाने भएकाले आज बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको ३२औं आईजीपीको टुङ्गो लगाएको हो । खापुङ अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रमुख छन । तेह्रथुममा जन्मिएका उनी २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए ।