Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको रास्वपा एनजिओले चलाएको पार्टी भएको रामहरि खतिवडाको आरोप,भन्छन् नेताहरुमा परिपक्कता छैन

रवि लामिछानेको रास्वपा एनजिओले चलाएको पार्टी भएको रामहरि खतिवडाको आरोप,भन्छन् नेताहरुमा परिपक्कता छैन

काठमाडौँ - संसदको चौथो दल रास्वपा यतिबेला सबैका आँखामा बिझाएको छ । पार्टी सभापति कारागार चलाएन भए पनि विचलीत नबनेको रास्वपामाथी प्रतिशोध पुर्ण ब्यबहार भएको रास्वपाका नेताहरुको बिश्लेषण छ । यसै बिच नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले रवि लामिछाने नेतृत्वको रास्वपालाई एनजिओले चलाएको पार्टीको संज्ञा दिएका छन् । उनले आफूहरु स्थायी राजनीतिको पक्षमा रहेको टिप्पणी गरे । उनले रास्वपाका नेताहरुमा परिपक्कता नभएको बताएका छन् ।

नयाँ जोश सहित युबाहरु एक ठाउँमा आएको रास्वपालाई काँग्रेस र एमालेका नेताहरुले आलोकाँचोका संज्ञा बारम्बार दिने गरेका छन् । त्यसैले खतिवडाले एक सञ्चार माध्यममा बोल्दै रास्वपाका नेताहरुलाई अलिक परिपक्क बन्न सुझाव दिएका छन् । उनले रास्वपाले भिजिट भिसा प्रकरणमा सदनमा गरेको आन्दोलनप्रति कडा टिप्पणी गरे । अहिले रासवपाका नेताहरु भिजिट भिजामा गत जेठ १३ गते देखी आन्दोलनरत छन् । संसदमा उनीहरुले संघर्ष गरिरहदा सत्तापक्षले भने बेवास्था गर्दै आएको छ । उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका छन् तर रास्वपाले पेलेरै संसद चलाई रहेको छ । सरकारले बनाएको छानविन समिति चित्त नबुझेको भन्दै रास्वपाले नयाँ समितिको माग गरिरहेको छ ।

उनीहरुले सत्ताले रास्वपा प्रति प्रतिशोध साँधेको भन्दै आफ्ना माग पुरा नभएसम्म आफ्नो अडान नछाड्ने बताएका छन् । यस्तै  प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ बजेको संसद बैठकमा सम्बोधन गर्दै छन् । चीन भ्रमणमा जानुपूर्व उनले प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्ने भएका हुन् । आजको सम्बोधन प्रधानमन्त्रीले आसन्न चीन र भारत भ्रमणबारे जानकारी गराउने छन् । पछिल्लो समय उब्जिएको लिपुलेक–कालापानी विवादबारे पनि सरकारको धारणा राख्ने अपेक्षा गरिएको छ । तर, प्रधानमन्त्रीको सम्बोधनलाई दुई प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने बहिष्कार गर्ने भएका छन् ।

भिजिट भिसाको दुरुपयोगसम्बन्धी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै दुई दलले लामो समयदेखि गरिरहेको संसद बहिष्कारलाई आज पनि निरन्तरता दिने भएका हुन् ।  आज रास्वपाले प्रधानमन्त्रीलाई बोल्न दिने भनेर केही सञ्चारमाध्यममा आएका समाचारलाई प्रवक्ता मनिष झाले खण्डन गर्दै आज पनि बैठकमा नबस्ने बताएका छन् । रास्वपाको तर्फबाट गणेश पराजुलीले बोलेर सबै सांसदहरू बाहिरिने तयारी गरिएको छ । यस्तै राप्रपाले पनि संसद बहिष्कार गर्ने सो पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले जानकारी दिएका छन् ।