काठमाडौ । यतिबेला रुपन्देही –३ निकै चर्चामा रहेको छ । धेरै जसो राजनितीक दलहरु उमेरदवार छनोटको तयारीमा छन् । विशेष गरी यो उपनिर्वाचनलाई सबै दलले अग्निपरिक्षका रुपमा लिएका छन् । सबैलाई प्रतिष्ठाकै लागी भए पनि जित्नै पर्ने दबाब छ । रुपन्देही–३ बाट निर्वाचित सांसद दिपक बोहोराको निधन पछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । जस्लाई दलहरुले मिनी ईलेक्सनका रुपमा हेरिरहेका छन । संसदको चौथो ठुलो दलले इलेक्सन गरी उमेरदवार छनोट गर्ने तयारी गरिरहेको छ । हिजो देखी नै रास्वपाका नेताले सम्भावित उमेरदवारलाई भोट दिई रहेका छन ।
रास्वपाको उमेरदवार छान्ने यो प्रकृयाको धेरैले तारिफ योग्य भनेका छन् भने कतिपयले अनावश्यक रुपमा रोईलो गरेको आरोप पनि लगाएका छन् । जे होस रास्वपाले उमेरदवार छनोठमा नयाँ ट्रन्ड भने बसाएको छ । नेपालमा अन्य राजनीतिक दलले उम्मेदवार चयन गर्न यस्तो विधि अवलम्बन गरेको छैन । रास्वपाले यसअघि इलाम–२ को निर्वाचनमा प्राथमिक निर्वाचन गर्ने भने पनि अन्तिममा नेताहरूको निर्देशनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको थियो । यसपटक भने सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा उम्मेदवार छनोट कार्यविधि नै बनाएर उसले ‘प्राथमिक निर्वाचन’ त गरिरहेको छ । कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपाबाट अहिले ९ जना प्रतिस्पर्धी छन् । जसमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी छन् ।
रास्वपाले बिहीबारबाट उनीहरूका बीचमा प्रतिस्पर्धा गराइरहेको हो । रास्वपाले ‘नो भोट’को पनि अप्सन राखेको छ । अर्थात् ९ जनामध्ये कुनै पनि उम्मेदवार मन परेन भन्ने लाग्छ भने नो भोट गर्न पाइन्छ । रास्वपाले यसपालि तय गरेको विधीअनुसार कसलाई उम्मेदवार बनाउने भन्नेमा सो निर्वाचन क्षेत्रका पार्टी सदस्यहरूको मतको हिस्सा ४० प्रतिशत रहनेछ । रास्वापका स्थानीय समितिमा बस्ने नेताहरूको दिने मतको भार ५ प्रतिशत रहनेछ । बाँकी ५५ प्रतिशत भार केन्द्रका नेताहरुको मतको छ । यो ५५ प्रतिशतमध्ये केन्द्रीय सदस्यहरूले दिने मतको भार ५ प्रतिशत छ र ५० प्रतिशत भार भने सचिवालयले तोकेका नेताहरुले दिने मतको छ । हिजो देखी भएको ‘प्राथमिक निर्वाचन’मा कस्ले बाजी मार्ला यो भने हेर्न बाँकी छ । यता मधेसी र थारु समुदायको धेरै मतदाता रहेको रुपन्देही–३ को उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले डा. उमाशङ्कर चौधरीलाई स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेका छन् ।
उनले पहिलेबाटै डा. उमाशङ्कर र डा. सरोज चौधरीलाई उम्मेदवार बनाउने गरी छलफल चलाएका थिए । एमालेबाट खिमलाल भट्टराईको चर्चा धेरै छ भने काँग्रेसबाट बालकृष्ण खाँडको चर्चा छ । उनको मुद्धाको छिनोफानो नभए उनैले रोजेको मान्छे पठाउने काँग्रेसको तयारी छ । माओववादी, एकीकृत समाजबादी अझै कस्लाई उठाउने औन्योलमा छन । यद्यपी समाजबादी मोर्चाबाट मिलेर घनश्याम भुषाललाई पठाउने स्रोतले आँकलन गरेको छ । विशेष गरि राप्रपामा पछि बोहोरा परिवारका सदस्श्य सहित ६ जना आकाक्षी छन् । त्यसमध्ये बोहोराकै परिवारबाट एक जनालाई उठाउने तयारी छ ।