Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गदैँ,रास्वपाले बहिस्कार गर्ने

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गदैँ,रास्वपाले बहिस्कार गर्ने

काठमाडौँ । रास्वपाले प्रधानमन्त्री के पी ओलीको सम्बोधनलाई बहिस्कार गर्ने भएको छ । आज ओलीले संसदमा विषेश सम्बोधन गदैँ छन तर रास्वपाले भने बहिस्कार गर्ने भएको मनिषा झाले जानकारी दिएका हुन । शुक्रबार दिउँसो १ बजेदेखि बस्ने प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन्।  विदेश भ्रमणअघि र भ्रमणबाट फर्किएपछि कार्यकारी प्रमुखले संसदलाई जानकारी गराउने अभ्यास छ।  प्रधानमन्त्री ओलीले शनिबारदेखि हुन लागेको चीन भ्रमणबारे सदनलाई जानकारी गराउन लागेका हुन्।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भए पनि रास्वपाले आफ्नो विरोध जारी राख्ने भएको हो । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै रास्वपा लामो समयदेखि संसद बहिस्कार गर्दै आएको छ।