काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीप्रति ओलीको पछिल्लो अभिब्यक्तिले नेकपा एमाले नयाँ तरङ्ग निम्त्याएको छ। ओलीले विद्या भण्डारी एमालेमा आएर चुनाव लड्दा भीम रावलको तरिकाले चुनाव हार्ने भनेर दिएको अभिव्यक्तिप्रति भण्डारीले आश्चर्य प्रकट गरिन । त्यस्तै ओलीले केही दिन अघि बालुवाटारमा बोलाएर लामो प्रशिक्षण दिनेक्रममा पार्टीभित्र आफ्नो प्रतिस्पर्धी विद्या भण्डारीबाहेक कोही नभएको पनि बताए ।
त्यतिमात्र होईन विद्यालाई आफूले जति सम्मान अरु कसैले पनि नगरेको तर साथ दिँदा पनि अहिले आफू विद्याबाटै अपमानित हुनु परेको, विद्याबाहेक पार्टीमा आफूलाई चुनौति दिने दम कसैसँग नभएको, विद्याले आफूलाई छाडे सबै मिल्ने पनि ओलीले बताए । त्यस्तै अहिले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीलाई आफ्नै वचन गलपासो बनेको छ। ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्ध सुमधुर हुँदा भनिदिए– पूर्वराष्ट्रपति राजनीतिमा फर्कन मात्र होइन, एमाले अध्यक्ष पनि मिल्छ१ पूर्वराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कन मिल्दैन भन्ने बेकारको कुरा हो। तर जब उनी राजनितमा फर्किने घोषणा गरिन तब ओलीले एकाएक बोली फेर्न तर्फ लागे । यस्तै ओलीले पूर्वराष्ट्रपति भण्डारीको सम्मानको निम्ति पनि पार्टी राजनीतिक सुहाउँदो नहुने बताएको पनि चर्चा चलेको छ । उनले अध्यक्षमा भण्डारीले नराम्ररी पारिजित हुने अवस्था रहेको बताउँदै हारेपछि विधानविपरीत अभिव्यक्ति दिँदै हिँड्ने र त्यस्तो अवस्थामा स्पष्टीकरण सोध्नुपर्ने र कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
त्यो अवस्था आउन दिन नहुने ओलीको भनाइ छ। एमाले पूर्वउपाध्यक्ष भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको स्पष्ट रहेको बताउनेहरूले त्यसबाट वञ्चित गर्न नहुने पक्षमा कतिपय नेता कार्यकर्ता खुलेर लागेको देखिन्छ। उनीहरूले ओली र पार्टीले गरेको निर्णयको विपक्षमा पार्टीभित्रै लिखित रूपमा प्रस्ताव लग्ने तयारी गरिरहेको बुझिन्छ। विद्या भण्डारीलाई एमालेको ११औं महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बनाउने गल्ती गर्न नहुनेपनि ओलीको टिप्पणी छ ।उनले विद्या भण्डारी एमालेको अध्यक्ष पदमा मात्रै नभएर केन्द्रीय कमिटीमा पनि हार्नसक्ने आँकलन सुनाए। उनले भण्डारीलाई कुनैपनि हालतमा अध्यक्ष दिन नसकिने जिकिर गरे ।