Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज राष्ट्रियसभाको बैठक बस्ने

आज राष्ट्रियसभाको बैठक बस्ने

काठमाडौं । आज राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्न लागेको छ ।  आज बस्ने बैठकमा प्रश्नोत्तरदेखि विधेयक टेबुल र समितिमा पठाउने प्रस्तावसम्मका पाँच सम्भावित कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जानकारी दिएको हो । 

सचिवालयका अनुसार बैठकको सुरुवात अर्थ मन्त्रालय विष्णु पोडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ । उनले सम्बन्धित मन्त्रीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।

त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ।